Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

युवतीलाई बलात्कारपछि हत्या प्रयास प्रहरी जवान पक्राउ

युवतीलाई बलात्कारपछि हत्या प्रयास प्रहरी जवान पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ९, २०७७ सोमवार • १०:५८:०० बजे
  • 529
    SHARES
  • युवतीलाई बलात्कारपछि हत्या प्रयास प्रहरी जवान पक्राउ

    रूपन्देहीको तिलोत्तमामा युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरियालाई पक्राउ गरिएको हो ।

    images

    उनीमाथि तिलोत्तमा ११ की १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी झोलाको डोरीले घाँटी कसेर मार्ने प्रयास गरेको आरोप छ । युवतीकी आमाले दिएको जाहेरीका आधारमा कठरियालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।

    शुक्रबार साँझ साढे ४ बजे साथीकहाँ जान्छु भनी निस्किएकी युवती नफर्केपछि रातभरि खोजतलास गरिएको र शनिबार बिहान ८ बजेतिर घरदेखि केही पर अर्धचेत अवस्थामा फेला परेको जाहेरीमा उल्लेख छ । जाहेरीमा लेखिएअनुसार युवती पानीले भिजेकी थिइन् । उनको घाँटीमा झोलाको डोरीले कसेको डाम थियो ।

    आरोपित प्रहरी जवान कठरियालाई तिलोत्तमाको मंगलापुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीमाथि बलात्कार र ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए । युवतीको बुटवलस्थित एक अस्पतालमा उपचार भइरहेको छ । छोरी खाना खाने र धेरै बोल्न सक्ने अवस्थामा नरहेको आमाले जानकारी दिइन् ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology