Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बम फेला

कैलालीको टीकापुर मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला

कैलालीको टीकापुर मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ९, २०७७ सोमवार • ११:१४:०५ बजे
  • 2.1K
    SHARES
  • कैलालीको टीकापुर मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला

    कैलाली- कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

    images

    फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । आज बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । रासस

  • सम्बन्धित विषय:

  • # बम
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology