Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ग्याँस सिलिण्डर पड्किएर आगलागी

भक्तपुरको एक म:म पसलमा ग्याँस सिलिण्डर पड्किएर आगलागी, छ जना घाइते

भक्तपुरको एक म:म पसलमा ग्याँस सिलिण्डर पड्किएर आगलागी, छ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ९, २०७७ सोमवार • ११:१८:२७ बजे
  • 1.2K
    SHARES
  • भक्तपुरको एक म:म पसलमा ग्याँस सिलिण्डर पड्किएर आगलागी,  छ जना घाइते

    पोखरा -भक्तपुरको एक म:म पसलमा ग्याँस सिलिण्डर पड्किएर आगलागी हुदाँ छ जना घाइते भएको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरस्थित भीमेश्वर म:म एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    images

    आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन्।

    उनीहरु डा।ईवामुरा अस्पतालमा सामान्य उपचार पश्चात कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रिफर भैसकेका छन् ।

    यस्तै, आगलागीमा ३ जना ग्राहक पनि घाइते भएका छन् । झापा विश्वशान्ति गाउँपालिका-२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक- ५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएका हुन् ।

    उनीहरु पनि मध्यपुर अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुर बर्न सेन्टरमै रिफर भैसकेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ । घाइते ६ जनाकै शरीरका विभिन्न भाग जलेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology