पोखरा - पोखरा लेखानथबाट अवैध लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा -३० पावरहाउस स्थित पृथ्बीराजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले तनहुँ जिल्ला भानु नगरपालिका वडा नं -७ स्थायी घर भई हाल जिल्ला रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं- ९ गोलिगढ बस्ने २० वर्षीय चुडामडी खतिवडा र सोही ठेगाना भई वडा नं ३ भैरहवा बसपार्क बस्ने १९ वर्षीय गुलाम हुसेन रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट डाईजापान १०० एम्पुल, फेनेरागन १०० एम्पुल र नुर्फिन ९९ एम्पुल गरी जम्मा २९९ एम्पुल लागु औषध र २ थान मोवाइल समेत वरामद गरेको छ ।
प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान शुरु गरिएको हमालले जानकारी दिए ।