तनहुँ - आइतवार तनहुँको शुक्लागण्डकी नगरपालिका ८ किमल डाँडा स्थित सेती नदीमा आइतबार भेटिएको शवको पहिचान गर्न कठिनाई भएको छ ।
अन्दाजी ४० र ५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सातदेखि १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । अनुहार चिन्न सक्ने अवस्था छैन, ती पुरुषले टिसर्ट र ट्रयाक लगाएका छन्, उनले भने, पाँच फिट जति उचाइ छ ।