Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखराबाट दमौलीतर्फ आउदै गरेको मोटरसाइकल दुर्घटना ,चालकको मृत्यु

पोखराबाट दमौलीतर्फ आउदै गरेको मोटरसाइकल दुर्घटना ,चालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • ११:५२:२३ बजे
  • 5.5K
    SHARES
  • पोखराबाट दमौलीतर्फ आउदै गरेको मोटरसाइकल दुर्घटना ,चालकको मृत्यु

    तनहुँ - हिजो बेलुकी ब्यास नगरपालिका ५ सिर्दीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    images

    मोटरसाइकल चालक स्थानीय ५१ वर्षीय टिकाराम क्षेत्रीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल दमौलीमा मृत्यु भएको हो ।

    घाइते भएका मोटरसाइकलमा पछाडी सवार तनहुँकै दुलेगौडाका ४९ वर्षीय सुरेश सुवेदीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    पोखराबाट दमौलीतर्फ आउदै गरेको ग ८ प ६६३९ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ७ बजे आफै अनियन्त्रित भई सडक छेउको नालामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology