Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रहरीले गोली चलाउदा

कैलालीमा प्रहरीले गोली चलाउदा दुई जना घाइते

कैलालीमा प्रहरीले गोली चलाउदा दुई जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • १३:२९:१७ बजे
  • 2.5K
    SHARES
  • कैलालीमा प्रहरीले गोली चलाउदा दुई जना घाइते

    पोखरा - कैलालीको लम्कीमा बसको ठक्करबाट एक युवतीको मृत्यु पश्चात स्थानीयले गरेको आन्दोलनलाई तितरवितर गर्न खोज्दा प्रहरीले गोली चलाएको छ । सो क्रममा प्रहरीको गोली लागेर २ जना आन्दोलनकारी घाइते भएको छन् । घाइतेमा लम्कीचुहा नगरपालिका १ का १८ वर्षीय दीपक सन्ज्याल र २५ वर्षीया कृष्ण काफ्ले रहेको प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए ।

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले आक्रोशित भिडले इलाका प्रहरी कार्यालय लम्कीभित्र पसी प्रहरीलाई हातपात गर्न थालेपछि गोली चलाइएको बताए । उनले घाइते दुबै जनालाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको पनि जानकारी दिए । यस्तै झडपका क्रममा केही प्रहरी समेत घाइते भएको बताइएको छ ।

    मंगलबार बिहान लम्कीचोकमा ना ६ ८८३३ नम्बरको बसले लम्कीचुहा नगरपालिका १ बस्ने २२ वर्षीया कमला देवकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । घटनालगत्तै स्थानीयले सडक अवरुद्ध पार्दै आन्दोलन चर्काएका थिए । अहिले स्थिति नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ ।

    प्रहरीले बसका चालक बर्दगोरिया १ बस्ने पुष्प कडेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गोली प्रहार
  • # गोली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology