पोखरा - पोखरामा अवैध लागूऔषधसहित दुई युवालाई कास्की प्रहरीले पक्राउ गरेका छन् । पोखरा -३० ढुंगेपाटनबाट सोही स्थानका ३२ वर्षीय कृष्ण बहादुर गुरुङ र पोखरा -१७ बिरौटाका ३६ वर्षीय धन बहादुर गुरुङलाई प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।
उनीहरुको साथाबाट डाइजापान १५ एम्पुल, फेनेरागन १५ एम्पुल र नुर्फिन १५ एम्पुल गरी ४५ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।