Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा दराजमा लुकाएर राखेको अवस्थामा बच्चा मृत फेला,युवती पक्राउ

पोखरामा दराजमा लुकाएर राखेको अवस्थामा बच्चा मृत फेला,युवती पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • २३:०४:०४ बजे
  • 11.4K
    SHARES
  • पोखरामा दराजमा लुकाएर राखेको अवस्थामा बच्चा मृत फेला,युवती पक्राउ

    आश तमु , पोखरा- पोखरामा दराजमा लुकाएर राखेको अवस्थामा बच्चा मृत भेटिएको छ । पोखरा १ स्थित अधिकारी टोलमा बस्दै आएका सिन्धुपाल्चोककी २३ वर्षीया अस्मिता घले पक्राउ परेकी हुन । अवैध सम्बन्धबाट जन्मेको बच्चालाई दराजमा लुकाएर राखेको आरोपमा उनी पक्राउ परेकी छन् । दराजमा लुगामा गुटुमुटाएर लुकाएको बच्चा भने मृत भेटिएको थियो ।

    images

    शिशुको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा रहेको छ । उनी ७ महिना अघिदेखि पोखरामा बस्दै आएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।शिशुको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा रहेको छ । डिएसपी हमालले पोष्टमार्टम रिपोर्टपछि नै बच्चा मृत जन्मेको वा जन्माएर मारेकोबारे थाहा हुने बताएका छन् । सोहि अनुसार मुद्धा अघि बढ्ने उनले जनाए ।

    उनले बयानमा आफ्नो श्रीमान् विदेशमा रहेको बताएकी छन् । र, एक पुरुषसँग सम्पर्कमा रहँदै आएको पनि उनले खुलाएकी छिन् । अनैतिक सम्बन्धका कारण नै घटना घट्न पुगेको प्रहरी निश्कर्ष छ ।

  • सम्बन्धित विषय:

  • # मृत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology