Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ट्याकटरबाट लडेर घाईते सहमित्रलाई उपचारको साटो कालीगण्डकीमा फाक्ने एक पक्राउ, अर्का फरार

ट्याकटरबाट लडेर घाईते सहमित्रलाई उपचारको साटो कालीगण्डकीमा फाक्ने एक पक्राउ, अर्का फरार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ११, २०७७ बुधवार • १२:४३:१२ बजे
  • 946
    SHARES
  • ट्याकटरबाट लडेर घाईते सहमित्रलाई उपचारको साटो कालीगण्डकीमा फाक्ने एक पक्राउ, अर्का फरार

    स्याङ्जा - स्याङ्जामा ट्याकटरबाट लड्न पुगेर घाइते भएका सहमित्रलाई उपचारको साट्टो काली गण्डकीमा फालेर फरार भएको घटना सार्बजनिक भएको छ । गत चैत ५ गते राती ढुङ्गा बोकेर फर्कने क्रममा बाटोमा सँगै बसेर मदिरा सेवन गरी फर्कने क्रममा सहचालक गणेश गाहा लड्न पुगी घाइते भएपछी गल्याङ नगरपालिका कालीगण्डकी खोलामा लगेर फालिदिएको प्रकाउ परेका अर्का सहचालक सुनील रानाले स्विकारेका छन ।

    images

    घटनापछि सुनील पाल्पास्थित दिदीको घर पुगेर दिदीलाई सबै कुरा सुनाएपछी दिदीले नै उनलाई प्रहरीको सम्पर्कमा ल्याएकी थिइन् । जिल्ला प्रहरीका डीएसपी राजेन्द्र अधिकारीका अनुसार गल्याङ ९ पाखीचौरस्थित बेलचौर साँखर कच्ची सडकमा गत बिहीबार साँझ ढुंगा बोकेको लु अ फ १०२० नम्बरको (अस्थायी नम्बर) ट्याक्टरबाट खसेर गल्याङ ८ का १९ वर्षीय सहचालक गणेश गाहा घाइते भएका थिए । उनको टाउकोमा चोट लागेका थियो ।

    ट्याक्टर चालक परियार र सहचालक रानाले घाइते गणेशलाई ट्याक्टरमा राखेछन्, अधिकारीले भने, पारीचौरबाट ट्याक्टर मोडेर फेरि साँखरस्थित कालीगण्डकी नदीको किनारमा लगेछन् र घाइते गाहालाई त्यहींबाट नदीमा फालिदिएछन् । घटनाका मुख्य आरोपित सोही ठाउँका २४ वर्षीय अमित परियार भने फरार छन् । अहिले स्याङ्जा प्रहरीले थापालाई नियन्त्रण लिएर सोमबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    ढिलागरी खबर प्राप्त भएको हुँदा हिजोदेखि नै गोताखोरको टोलीले शव खोजबिन गरेको थियो । आज बिहानमात्रै कालीगण्डकी नदीमा गाहाको शव फेला परेको प्रहरी अधिकारीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गण्डकीमा फालेर फरार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology