जनकपुरधाम - जनकपुरधाममा होटलबाट एक महिला हाम फालेर आत्महत्या गरेकी छिन् । मंगलबार राति श्रीमानसँगै सुतेकी जनकपुरधामस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेकी छन् ।
म्याग्दीको तत्कालीन बिम गाविस ८ घर भएकी सृजना सुनार श्रीपालीले होटलको पाँचौँ तल्लाबाट हामफालेर आत्महत्या गरेकी हुन् ।उनको शव आज बिहान होटल छेउमै रहेको खानेपानी संस्थानको परिसरमा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
यातायात कार्यालय जनकपुरबाट स्कुटीको लाइसेन्स बनाउन श्रीमान् विश्वास सिर्पालीसँगै उनी दुईदिन अगाडि नै जनकपुरधाम आएर उक्त होटलमा बसेका थिए । विश्वास ११ दिनअगाडि मात्र विदेशबाट आएका थिए । साउदीमा करिब डेढ वर्ष काम गरेर नेपाल आएको उनले बताए ।