Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वनमा लागेको डढेलो गाउँ पसेपछि गुल्मीमा ११ घर जलेर नष्ट

वनमा लागेको डढेलो गाउँ पसेपछि गुल्मीमा ११ घर जलेर नष्ट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १२, २०७७ बिहिवार • १५:०७:०५ बजे
  • 2.0K
    SHARES
  • वनमा लागेको डढेलो गाउँ  पसेपछि गुल्मीमा ११ घर जलेर नष्ट

    गुल्मी - सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि गुल्मीमा ११ घर जलेर नष्ट भएका छन् ।बुधबार राति गुल्मीको कालिगण्डकी गाउँपालिका २ मा ४ घर र मुसिकोट नगरपालिका ५ खरबाङ मा ७ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

    images

    सुख्खा मौससमा बनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्माले जानकारी दिएका छन् । आगलागीबाट ११ वटा घर जलेर पूर्ण नष्ट भएका र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

    आगलागी भएको स्थानमा प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलतर्फ गएका छन् । यस्तै, सोही जिल्लाको इस्मा गाउँपालिकामा रहेका सामुदायिक बनहरुमा पनि केही दिनदेखि आगलागी भइरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology