Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिड १९ को दोस्रो लहर - सामुहिक भेला भई होली नमनाउन तनहूँ प्रशासनको आग्रह

कोभिड १९ को दोस्रो लहर - सामुहिक भेला भई होली नमनाउन तनहूँ प्रशासनको आग्रह

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १२, २०७७ बिहिवार • १७:५८:२१ बजे
  • 2.1K
    SHARES
  • कोभिड १९ को दोस्रो लहर - सामुहिक भेला भई होली नमनाउन तनहूँ प्रशासनको आग्रह

    तनहुँ - कोभिड १९ को दोस्रो लहर नेपालमा देखा परे संगै प्रशासनले सजक रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले तनहूँमा सामुहिक भेला भई होली नमनाउन आग्रह गरेको छ ।

    images

    नजिकिएको होली पर्वलाई केन्दीत गरेरर भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई उक्त अनुरोध गरिएको हो । tanahu stt.jpgछिमेकी मुलुक भारतमा देखिएको थप कोरोनाका कारण नेपालमा पनि कोरोनाको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका कारण मानिसको आवतजावत बढिरहेकाले तनहुँ पनि जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

    समुदायमा दोस्रो लहर देखिएपछि सबैलाई सजक र सतर्क रहन प्रशासनले अनुरोध गरेको हो । व्यवसायको सन्दर्भमा संक्रमणको अवस्थालाई विचार गरी राति १० बजेपछि बन्द गराउने निर्णय गरेको छ ।बैठकले जात्रा, मेला महोत्सव, कन्सर्ट तथा भीडभाड हुने कार्यक्रम गर्न पनि रोक लगाएको छ । भारतबाट आउने सम्पुर्णलाई निगरानीमा राखिने समेत प्रशासनले बताएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड १९ को दोस्रो लहर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology