Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीमा होली लगाएत सभा समारोह र भेला आयोजना नगर्न प्रशासनको ६ बुँदे निर्देशन जारी

कास्कीमा होली लगाएत सभा समारोह र भेला आयोजना नगर्न प्रशासनको ६ बुँदे निर्देशन जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १३, २०७७ शुक्रवार • ११:०२:३३ बजे
  • 1.6K
    SHARES
  • कास्कीमा होली लगाएत सभा समारोह र भेला आयोजना नगर्न प्रशासनको ६ बुँदे निर्देशन जारी

    पोखरा - जिल्ला प्रशासन कार्यालय कास्कीले पछिल्लो समय भारतलगायत छिमेकी देशमा फैलिरहेको कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अनावश्यक सभा समारोह, सम्मेलन र भेला आयोजना नगर्न आग्रह गरेको छ ।

    images

    जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकपछि प्रशासनले साँझ सूचना जारी गरी कोभिड १९ नेपालमा पनि बढ्नसक्ने भएकाले सोको नियन्त्रणका लागि विभिन्न ६ बुँदे निर्देशन जारी गरेको छ । प्रशासनले नजिकँदै गरेको होलीपर्वलगायत चाडपर्व मनाउँदा र अत्यावश्यकबाहेक गोष्ठी, भेला, कार्यक्रम गर्दा भीडभाड नगरी अनिवार्य जनस्वास्थ्यको पालना गर्न आग्रह गरिएको छ ।

    यसैगरी क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने, सरकारी तथा गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठान, होटल, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थामा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउने र सुरक्षित तवरले सेवा प्रवाह मिलाउन आग्रह गरिएको छ । मास्कको अनिवार्य प्रयोग, स्यानिटाइजर, भौतिक दूरी कायम गर्न आग्रह गर्दैै प्रशासनले होटल रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा समेत तोकिएको मापदण्डको पालना गर्न भनिएको छ । प्रशासनको आग्रहलाई अवज्ञा गर्ने गराउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानूनबमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।

    kaski note.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड १९ को दोस्रो लहर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology