Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असई कापरको मृत्यु

ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असई कापरको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १३, २०७७ शुक्रवार • १४:२७:५० बजे
  • 1.3K
    SHARES
  • ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असई कापरको मृत्यु

    धनुषा - धनुषाको लालगढमा ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असई मदनजँग कापरको मृत्यु भएको छ। मिथिला नगरपालिका वडा नम्बर १० स्थित लालगढमा विपरीत दिसाबाट आइरहेको ट्रकले कापर सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।बिहान करिब ३ बजेको समयमा बर्दिबासबाट जनकपुरधामतर्फ आउने क्रममा कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो।

    images

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार ठक्कर दिने ट्रक र त्यसका चालकलाई सुनसरीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। शव पोस्टमार्टम लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए।असई कापर प्रदेश दुईको मुख्यमन्त्री कार्यालयमा कार्यरत थिए।

  • सम्बन्धित विषय:

  • # ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology