Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१ करोड ४२ लाख ८५ हजार ७१४ रुपैँया लागतमा तमु धिंको सामुदायिक भवन तथा स्वागतद्वार बन्दै

१ करोड ४२ लाख ८५ हजार ७१४ रुपैँया लागतमा तमु धिंको सामुदायिक भवन तथा स्वागतद्वार बन्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १३, २०७७ शुक्रवार • १४:३८:४१ बजे
  • 1.9K
    SHARES
  • १ करोड ४२ लाख ८५ हजार ७१४ रुपैँया लागतमा तमु धिंको सामुदायिक भवन तथा स्वागतद्वार बन्दै

    तस्विर : बसन्त शेर्पा

    images

    पोखरा - पोखरा महानगरपालिका वडा नं। ९ नयाँबजारस्थित तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालमा दुई तले सामुदायिक भवन एवम तमु सँस्कृति झल्कने स्वागतद्वार शिलान्यास गरिएको छ।

    १ करोड ४२ लाख ८५ हजार ७१४ रुपैँया लागतमा निर्माण हुने सामुदायिक भवन तथा स्वागतद्वारको विहीवार भव्य कार्यक्रमका बीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलान्यास गरेका हुन् । तमु जातिका खेगीहरु पच्यु, क्ल्हेप्री, लामा गुरुहरुको मन्त्र पाठसँगै भवनको शिलान्यास गरिएको हो।

    भवन एवम् स्वागतद्वार निर्माणका लागि गण्डकी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १ करोड र तमु धिं नेपालको जनसहभागिता ४२ लाख ८५ हजार ७१४ रुपैया अर्थात प्रदेश सरकार ७०५ र तमु धिं नेपाल ३०५ बाट निर्माण गरिने भएको हो।

    उक्त कार्यक्रममा तमु धिं नेपालका पुर्व कार्यसमिति सदस्य एवं खेलकुद उपसमितिका संयोजक भई योगदान पुर्याएका तेजबहादुर गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिवमा नियुक्त र जिल्ला प्रहरी कार्यालय कास्की महिला सेल प्रमुख प्रहरी निरिक्षक चोनु गुरुङ र निर्माण समितिका संयोजक गोपाल गुरुङलाई प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले सम्मान गरेका थिए ।

    तमु धिं नेपाल सामुदायिक भवन एवम स्वागतद्वारको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री किरण गुरुङले पहिचानका नाउँमा गुरुङहरुमा विभिन्न थर उपथरलाई प्राथमिकता दिँदै गएमा गुरुङको पहिचान नै गुम्ने खतरा औंल्याए । मौलिकताको नाममा कतिसम्म आफ्नो पहिचान संरक्षित हुनसक्छ भन्ने विचार पुर्याउन सुझाव दिँदै जातकै नाममा संकुचित हुन नहुने उनको भनाई थियो। मौलिकताको संरक्षणसँगै गुरुङ समुदायको विकास र मुलुककै विकासका लागि गुरुङहरु जुट्नुपर्ने मन्त्री गुरुङको भनाई थियो। गुरुङ समुदायका लागि केही विकास योजना प्रदान गर्ने सोंचलाई तमु धिं नेपालसँगै कार्यन्वयन गर्न पाएको उनले खुशी समेत व्यक्त गरे ।

    सम्मानित गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङले आफुलाई सम्मानित गरेकोमा धन्यवाद व्यक्त गर्दै सामाजिक र खेलकुद विकासका लागि तमु धिं नेपालमा विगतदेखि आवद्धसँग क्रियाशिल रहँदै योगदान दिएको र आउँदा दिनमा पनि सहकार्य, साथ सहयोगको हुने अपेक्षा गरे । तमु धिं नेपालको सम्मानले थप क्रियाशील भई अघि बढ्ने प्रेरणा मिलेको उनको भनाई थियो।

    तनहुँ तमु समाज पोखराद्धारा चुट्का नृत्य प्रस्तुति रहेको उक्त कार्यक्रमको अध्यक्षता तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, स्वागत वरिष्ठ उपाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङ र संचालन सचिव जुमबहादुर गुरुङ गुरुङले गरेका थिए ।

    यसैबीच, तमु धिं नेपाल सामुदायिक भवन तथा स्वागतद्वार निर्माणका लागि तमु फोरम युकेका निर्देशक क्या।राजु लेम गुरुङले १ लाख रुपैँया सहयोग हस्तान्तरण गरेका छन् । निर्देशक क्या।गुुरुङ आमाको पितृ कार्यका लागि नेपाल आगमनको अवसरमा तमु धिं नेपालद्वारा स्वागत कार्यक्रम आयोजनाको क्रममा तमु धिंमा निर्माणको क्रमको अवलोकन गर्दै सहयोग प्रदान गरेका हुन् ।

    उक्त कार्यक्रममा तमु फोरम युकेका निर्देशक क्या। राजु लेम गुरुङलाई भाङ्ग्रा र खादा, तमु धिं युकेका नेपाल कोअर्डिनेटर तथा तमु धिं नेपालका सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङलाई तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले खादाबाट स्वागत गरेका थिए ।

    कार्यक्रममा तमु फोरम युकेका निर्देशक क्या।राजु लेम गुरुङले तमुहरुको आफ्नो मौलिकता, पहिचान, कला, सस्कार सँस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्न तमु सम्पदा त्रिभाषिक पुस्तक लेखनका लागि विगत ९ वर्षदेखि भईरहेको कार्यप्रगतीका बारेमा प्रष्ट पारेका थिए ।

    तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले केही भनाई व्यक्त गरेका थिए भने कार्यक्रम संचालन महासचिव जुनाकुमारी गुरुङले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # तमु धि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology