स्याङ्जा - स्याङ्जामा एक महिलालाई जबरजस्ती करणीको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन । भारतको मोतिहारी चमारण स्टेसन घर भइ हाल चितवन ईच्छाकामना गाउँपालिका बस्ने २२ वर्षीय मुकेश चौधरीलाई नेपाली एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
चौधरीले ३५ वर्षीया एक महिलालाई विवाह गर्छु भनी ललाईफकाई स्याङ्जाको फेदिखोला गाउँपालिकामा ल्याइ जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरेको अधिकारीले बताए । चैत ८ गते आरोपित चौधरीले जबरजस्ती करणी गरेको उजुरीमा छ। चौधरीलाई करणी सम्बन्धी कसुर जबरजस्ती करणी मुद्दा दर्ता गरी अदालतबाट ६ दिनको म्याद थप भएको छ ।