कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ५ का वडाध्यक्ष मदनबहादुर चन्दको निधनमा भोलि १ दिन बिदा दिने निर्णय गरिएको छ । नगरपालिका मातहतका कार्यालयमा चैत १५ गते बिदा दिने निर्णय गरिएको हो । वडाध्यक्षको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक स्वरूप बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले बताए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ५ का वडाध्यक्ष मदनबहादुर चन्दको पिकनिक गएका बेला मृत्यु भएको नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । विष्टकाअनुसार शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका ६ मा पर्ने चुरेपानीमा पिकनिक गएका थिए । सोही क्रममा वडाध्यक्ष चन्दको मृत्यु भएको हो । उहाँहरु हिजो पिकनिक जानुभएको रहेछ, विष्टले भनेका छन्, तर, उहाँको खै कसरी मृत्यु भयो । बुझ्ने क्रम जारी छ । सोधपुछ चलिरहेको छ ।
वडाध्यक्ष चन्दलाई खाना खाने बेलामा समस्या आएको नगरप्रमुख विष्टले बताए । उनले भनेका छन्, त्यहाँ वडाअध्यक्षलाई मासु र रक्सी खाने बेला अचानक घाँटीमा समस्या आएको भन्ने छ । सँगै गएकाहरूले मासु घाँटीमा अड्केर समस्या आयो भनेका छन् ।’चन्दको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाकाली अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनसाथ मृत घोषणा गरिएको थियो ।
घटनापछि पिकनिक गएकाहरुलाई पक्राउ गरिएको छ । पक्राउ गरिएको छ विष्टले भनेका छन्, खासगरी सोधपुछका लागि हो । अहिले घटनाबारे सुक्ष्म अध्ययन गर्ने काम भइरहेको छ ।