पोखरा- पोखरामा श्रीमानको कुटाईबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा २६ बराल डाँडा बस्ने ४९ वर्षीय देव बहादुर बिकको कुटाईबाट शनिबार दिउसो घाइते भएकी बिककी श्रीमती ४० वर्षीया देवी जिसी बिकको आइतबार मृत्यु भएको हो ।
देव बहादुरले मादक पदार्थ सेवन गरी टाउको र खुट्टामा कुटपिट गर्दा घाइते भएकी आफ्नी श्रीमतीलाई पोखराका विभिन्न अस्पतालमा उपचार गरी पुन घरमानै लगी राखेको र आइतबार अचेत भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
घटनापश्चात प्रहरीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।