Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तराई तथा मधेसमा होली

तराई तथा मधेसका जिल्लाहरूमा सोमबार होली हर्षोलासपूर्वक मनाइँदै

तराई तथा मधेसका जिल्लाहरूमा सोमबार होली हर्षोलासपूर्वक मनाइँदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १६, २०७७ सोमवार • १०:१२:४८ बजे
  • 1.5K
    SHARES
  • तराई तथा मधेसका जिल्लाहरूमा सोमबार होली हर्षोलासपूर्वक मनाइँदै

    तस्विर रोहित गिरीको फेसबुकबाट 

    images

    पोखरा - रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ ।पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।

    होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

    भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

    होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । कोरोना संक्रमणको जोखिमका कारण भिडभाड नगरी होली पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # होली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology