Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सहोदर देवर भाउजु एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा मृत फेला

सहोदर देवर भाउजु एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७७ शनिवार • ११:०७:०१ बजे
  • 2.4K
    SHARES
  • सहोदर  देवर भाउजु एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा मृत फेला

    मयूरपाटी-इलामको माङसेवुङ गाउँपालिका ६ टोड्केमा एउटै रुखको हाँगामा सरोदर देवर भाउजु झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।

    images

    इलाका प्रहरी कार्यालय मंगलवारेका प्रहरी निरीक्षक राजकिशोर शाहका अनुसार २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राई एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झु’न्डिएको अवस्थामा मृत फेला परेका हुन्।

    दुवै विवाहित हुन् । दुवै जना बिहीबारबाट हराएका थिए । पछि गाउँलेहरुले खोज्दा उनीहरुको शव घरबाट केही परको एउटा रुखमा झु’न्डिएको अवस्थामा फेला पारेका थिए ।

    भाउजुको पति रोजगारीका लागि विदेशमा छन्। प्रहरी निरीक्षक साहका अनुसार शुक्रबार बिहान १०–११ बजे स्थानीयले खबर गरेपछि मंगलबारे इलाका प्रहरी कार्यालयबाट उनकै नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको हाे ।

    घटनाको प्रकृति हेर्दा आत्महत्या नै जस्तो देखिएको तर थप अनुसन्धान भइरहेको उनले बताए ।

    राजनीति अलाइनबाट साभार

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology