Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा काठमाडौँमा ३ जना विद्यार्थी घाइते

होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा काठमाडौँमा ३ जना विद्यार्थी घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १६, २०७७ सोमवार • १५:३४:२१ बजे
  • 3.2K
    SHARES
  • होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा काठमाडौँमा ३ जना विद्यार्थी घाइते

    तस्विर रातोपाटी

    images

    काठमाडौं- होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा काठमाडौँको साँखुमा ३ जना विद्यार्थी घाइते भएका छन् । काठमाडौँको शंखरापुर नगरपालिका–१ स्थित चापाकोटमा आइतबार होली खेल्दा एसिड छ्यापेपछि १६ वर्षीया किशोरी, ९ वर्षका र ११ वर्षका बालक घाइते भएका छन् । 

    घाइतेहरुको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । एसिडले किशोरीको गाला र दुईजना बालकको हात र अनुहार जलेको छ । घाइतेहरू नविन ग्राम मावी शंकरापुरमा अध्ययनरत छन् । पानी सम्झेर एसिड प्रयोग गर्दा यो घटना भएको प्रहरीको भनाइ छ ।

    पानी भनेर एसिड छ्याप्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।आरोपी र घाइतेहरुको बीचमा सामान्य चिनजान थियो । होली खेल्ने क्रममा पानी मागेपछि ९ वर्षका बालकले ग्यालिन लगिदिएका थिए ।

    प्रहरीका अनुसार चापाकोटस्थित दुध डेरीबाट बालकले उक्त ग्यालिन ल्याएका हुन् । तर सो ग्यालिनमा पानीको साटो सल्फ्युरिक एसिड रहेछ ।

    एसिड भन्ने नचिनेर उनीहरुले दलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनापछि सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाका संचालक ४४ वर्षीय केशव नेपाललाई पनि पक्राउ गरिएको एसएसपी सिंहले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology