Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ घर भएकी महिला पोखराको सृजनाचोकमा मृत अवस्थामा फेला

तनहुँ घर भएकी महिला पोखराको सृजनाचोकमा मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १६, २०७७ सोमवार • २०:१२:५० बजे
  • 7.3K
    SHARES
  • तनहुँ घर भएकी महिला पोखराको सृजनाचोकमा मृत अवस्थामा फेला

    पोखरा - पोखराको सृजनाचोकमा डेरा गरी बस्ने तनहुँ घर भएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । तनहुँको भिमाद घर भइ कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ८ सृजनाचोकमा डेरा गरी बस्ने शान्ती माया राना मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

    images

    अन्दाजी ६५ र ७० वर्षीय राना डेराबाट २-३ दिनदेखि बाहिर ननिस्किए पछि झ्यालबाट भित्र हेर्दा चुक्कुल लगाइ कोठाको बिस्तारामा झुलभित्र मृत अवस्थामा शव देखिएको थियो ।

    घटनाबारे अनुसन्धान भइरहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत
  • # रहस्यमय मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology