पोखरा - पोखरामा पार्किङ गरी राखेको मिनी बस सहचालकले चलाउन खोज्दा दुर्घटना भएको छ । पोखरा ३३ जामुनबोटमा ग १ ख ९३८१ नंको मिनीबस सहचालक रोशन गौतमले चलाउन खोज्दा दुर्घटना भएको हो ।
दुर्घटनामा बसका सहचालक २७ वर्षीय गौतम घाइते भइ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भएको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
बस सडकबाट अन्दाजी ८० मिटर तल खसेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिनोद सिलवालले जानकारी दिए । प्रहरी उपरिक्षक सिलवालका अनुसार घटनापश्चात प्रहरीले बसको चालक नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।