Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अर्काकी श्रीमति जिस्काउने र श्रीमानलाई कुट्ने तनहुँका तीन युवा पक्राउ

अर्काकी श्रीमति जिस्काउने र श्रीमानलाई कुट्ने तनहुँका तीन युवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १७, २०७७ मंगलवार • १६:३३:३७ बजे
  • 4.0K
    SHARES
  • अर्काकी श्रीमति जिस्काउने र श्रीमानलाई कुट्ने तनहुँका तीन युवा पक्राउ

    पोखरा - राजधानीको सडकमा जथाभावी युवा पिट्ने समूहलाई प्रहरी पक्राउ गरि कानुनी कारवाअही चलाएको छ । आइतबार गोंगबुको सडक पेटीमा एक युवालाई पिट्दै गरेको भिडियो सामाजिक सञ्जालमा आएको देखेपछि प्रहरीले पक्राउ गरेको हो।

    images

    सुनसरी स्थायी घर भएका पीडित अमर लिम्बु श्रीमतीसँग बाटोमा हिँडिरहेको बेलामा उनकी श्रीमतीलाई युवाको समूहले जिस्काएको थियो। अमरले श्रीमती जिस्काउनेलाई किन जिस्काएको ? भन्दा समूहले लिम्बुलाई नै कुटपिट गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

    हामीलाई भिडियो प्राप्त भएको आधा घण्टामा नै उनीहरुलाई नियन्त्रणमा लिएका हौँ ,सिंहले भने, पीडित लिम्बु भने हाम्रो सम्पर्क आइसकेका छैनन्।

    कुटपिट गर्ने तनहुँ घर भई बनस्थलीमा बस्ने २२ वर्षका भरत गुरुङ, २५ वर्षका सोमबहादुर गुरुङ र तनहुँ घर भई धापासी बस्ने २५ वर्षका दिपेन्द्र कुमार थापा प्रहरी नियन्त्रणमा रहेको सिंहले बताए।

    ट्विटरमा भाइरल भएको भिडियोमा धेरैले नेपाल प्रहरीलाई मेन्सन गरेका थिए। आइतबार प्रहरीले उजुरी प्राप्त नभए पनि भिडियोको आधारमा कारवाही अगाडि बढाएको सिंहले जनाएका छन्।

  • सम्बन्धित विषय:

  • # कुटपिट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology