पोखरा - गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले म्याग्दी र कास्कीका पहिरोमा परि घाइते भएकाहरुलाई भेटेर उपचारमा कुनै कमी हुन नदिने विश्वास दिएका छन ।
म्याग्दीको मराङ र कास्कीको सराङकोटमा पहिरो मा परी पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारथ घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्दै घाइतेहरूलाई उपचारमा कुनै समस्या हुन नदिन आफूले पहल गर्ने बताउँदै प्रदेश प्रमुख शेरचनले उपचार निःशुल्क गराउन प्रदेश सरकारसँग आग्रह गर्ने वचन समेत दिए ।
सो अवसरमा उनले मणिपाल शिक्षण अस्पतालका डीन एवं प्रमुख कार्यकारी अधिकृत डा। दिलीपचन्द्र अग्रवाल र अस्पतालका निर्देशक डा. सूर्य चौधरीसँग घाइतेहरूको उपचारका बारेमा जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए ।