पोखरा - पोखरामा जुवा तास खेलिरहेको अवस्थामा नग्द सहित ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेका छन् । पोखरा १३ कमलपोखरीमा तास खेलिरहेको अवस्थामा पोखरा १० बस्ने एक जना तथा १३ बस्ने ४ जनालाई आइतबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा मादी गाउँपालिका १० भाचोक घर भई पोखरा १० वीरेन्द्र चोक बस्ने ३६ वर्षीय मन्त्री गुरुङ तथा पोखरा १३ कमलपोखरी बस्ने लमजुङ मर्स्याङ्दी गाउँपालिका ९ का मानसिंह गुरुङ, ३९ वर्षीय ईश्वरीराज गुरुङ, लमजुङ क्होलासोथार गाउँपालिका ७ का ५६ वर्षीय राम बहादुर गुरुङ र गोरखा भीमसेन गाउँपालिका २ का २९ वर्षीय नवीन गुरुङ रहेका छन।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १३ हजार चार सय ५५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरेको प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।
उनीहरूलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।