Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वेपत्ता

महोत्तरीको धर्मपुरका घास काट्न गएका ७ जना बालिका र किशोरीहरु वेपत्ता

महोत्तरीको धर्मपुरका घास काट्न गएका ७ जना बालिका र किशोरीहरु वेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • ०९:१३:१८ बजे
  • 1.7K
    SHARES
  • महोत्तरीको धर्मपुरका घास काट्न गएका ७ जना बालिका र किशोरीहरु वेपत्ता

    जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएका छन् ।

    images

    १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान वेपत्ता भएको प्रहरीले जनाएको छ ।

    यी सातै जना मंगलबार दिउँसो घाँस काट्न गएको र अहिलेसम्म घर नफर्केको उनीहरुको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

    ‘घाँस काट्न गएका ७ जना किशोरी र बालिका वेपत्ता सूचना आएको छ,’ महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भने, ‘हामी खोजी गरिरहेका छौं । अहिलेसम्म कुनै सूचना प्राप्त भएको छैन ।’ एकै पटक ७ जना वेपत्ता भएपछि गाउँमा त्रास उत्पन्न भएको छ ।

  • सम्बन्धित विषय:

  • # वेपत्ता
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology