Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पत्रकार महासंघको चुनाव

२५ गते हुने पत्रकार महासंघको चुनावमा १६५ जना पतिस्पर्धामा

२५ गते हुने पत्रकार महासंघको चुनावमा १६५ जना पतिस्पर्धामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • ०९:१८:४५ बजे
  • 1.5K
    SHARES
  • २५ गते हुने पत्रकार महासंघको चुनावमा १६५ जना पतिस्पर्धामा

    पोखरा । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

    images

    यसपटक महासंघको नेतृत्वका लागि मुख्यगरी सरकार पक्ष र सरकारको विपक्षमा रहेका पत्रकारको छुट्टा-छुट्टै समूह निर्माण भएका छन् । तर, पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचित प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् ।

    दुईवटा गठबन्धन भए पनि अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल गरी चारजना रहेका छन् । यसअघि मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

    यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । यसै पदमा उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले भने फिर्ता लिएका छन् ।

    महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकार,समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् ।

    महासचिवमा बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले भने फिर्ता लिएका छन् ।

    खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव (मधेस)मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषध्यक्षमा ६६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    यस्तै, प्रदेश १ सदस्यमा ६ जना, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशको सदस्यमा ७७ जना, लुम्बिनी प्रदेश सदस्यमा १० जना, सुदूरपश्चिम सदस्यमा ५ जना उम्मेदवार छन् ।

    उपत्यका प्रदेश सदस्यमा ८ जना, संस्थागत प्रदेश (एशोसिएट)मा ५ जना, खुला सदस्यमा २७ जना, महिला सदस्य (मधेसी)मा ३ जना, आदिवासी जनाजाति महिला सदस्यमा २ जना, खस-आर्य महिला सदस्यमा ६ जना, दलित महिला सदस्यमा ३ जना, दुईजना आदिवासी जनजाति सदस्य (एक महिला अनिवार्य)का लागि ६ जना, दुईजना दलित सदस्य (एक महिला अनिवार्य)का लागि ९ जना, दुईजना मधेशी सदस्य (एक महिला अनिवार्य)का लागि ७ जना, अपाङ्गता सदस्यका लागि ४ जना, अल्पसंख्यक सदस्यका लागि २ जना प्रतिस्पर्धामा छन् ।

    लेखा समिति संयोजक, खुला सदस्य र महिला सदस्यका लागि ३३ जनाले उम्मेदवारी दिएका छन् 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology