पोखरा - घर फर्कंदै गरेकी स्थानीय १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार प्रयास आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
घर फर्कंदै गरेकी स्थानीय १५ वर्षीया किशोरीलाई बाटोमा बलात्कार प्रयास गरेको आरोपमा हरिनास गाउँपालिकाबाट ४२ वर्षीय दिलबहादुर राना, २९ वर्षीय जेवन्तबहादुर खवास, १९ वर्षीय निलेश दुवाडी र १८ वर्षका जयम रुचाललाई पक्राउ परेका हुन् ।
गत शनिबार साँझ घटना भएको पीडितका आफन्तको जाहेरी आएपछि आरोपित सबैलाई आइतबार पक्राउ गरेर जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको एसपी होबिन्द्र बोगटीले बताए ।