Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा सेदीस्थित एक होमस्टेबाट बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक प्रकाउ

पोखरा सेदीस्थित एक होमस्टेबाट बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • ०९:४१:२१ बजे
  • 1.9K
    SHARES
  • पोखरा सेदीस्थित एक होमस्टेबाट बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक प्रकाउ

    पोखरा - बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई कास्कीको पोखरा महानगरपालिका वडा १८ सेदीस्थित एक होमस्टेबाट प्रकाउ गरेको जनाएको छ।

    images

    प्रहरी उपरीक्षक एवं अनुसन्धान ब्युरोकी प्रवक्ता गंगा पन्तले जारी गरेको विज्ञप्तिमा ती व्यक्ति अमेरिकामा रहँदैदेखि नेपाल बालबालिकासँग नियमित सम्पर्कमा रहेको खुलेको उल्लेख छ।

    'अमेरिकामा रहँदा देखि नै वालयौन दुराचार गर्ने मनसायले नेपाली बालवालिकाहरुसँग नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनाजानकारीका आधारमा यस ब्यूरोबाट खटिएको टोलीले निरन्तर निग्रानी गरी अमेरीकन नागरिक माइल नरम्यान टेलरलाई मिति २०७७१२१७ गते जिल्ला कास्की पोखरा वडा नं १८ सेदी स्थितमा रहेको होमस्टेबाट पक्राउ गरी बालयौन दुरुपयोग गरेको कसुरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडी बढाउनको लागी आजै निजलाई जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा बुझाईएको ब्यहोरा सूचित गरिन्छ,' मंगलवार जारी उक्त विज्ञप्तिमा भनिएको छ।

    माइकल सन् २०१८, २०१९ र २०२१ गरी तीनपटक नेपाल आएको देखिएकोमा सन् २०१९ मा तीन (३) जना बालबालिकाहरुलाई बालयौन दुरुपयोग गरेको आरोपमा पीडित बालक एवं अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त परेको हुँदा जिल्ला अदालत कास्कीबाट मंगलवार पक्राउ पूर्जी जारी भए पश्चात निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेपाल आएको बेला बालवालिकालाई बालयौन दुराचार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। क्यालिफोर्निया निवासी ६६ वर्षीय माइकलको साथबाट केही अमेरिकी डलर र ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # बाल यौन दुराचार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology