कपिलवस्तु - आफ्नै श्रीमतिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन । शुद्धोधन गाउँपालिका-३ मेहतिनियास्थित बाबा इँटाभट्टामा काम गर्ने भारत जिल्ला नौबादा बस्ने ६० वर्षीय गंगा मल्लाहको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रन्जित मल्लाहलाई सोमबार साँझ पक्राउ परेका हुन ।
उनीहरुबीच एक आपसमा झगडा एवं कुटपिट हुँदा टाउकोमा चोट लागि गम्भीर घाइते भएका गंगाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी चौकी लवनीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रन्जितलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।