Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

होली खेल्ने क्रममा झडप हुदाँ एक महिलाको मृत्यु ७ घाइते ,आरोपी ५ जना पक्राउ

होली खेल्ने क्रममा झडप हुदाँ एक महिलाको मृत्यु ७ घाइते ,आरोपी ५ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • १०:०२:०४ बजे
  • 1.8K
    SHARES
  • होली खेल्ने क्रममा झडप हुदाँ एक महिलाको  मृत्यु  ७ घाइते ,आरोपी ५ जना पक्राउ

    बारा - होली खेल्ने क्रममा झै-झगडा तथा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । कलैया उपमहानगरपालिका-२३ भथौडामा होली खेल्ने क्रममा झै-झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको हो ।

    images

    झै-झगडा तथा कुटपिट हुँदा ७ जना घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्रहरी पोष्ट शिक्षाबाट खटिएको प्रहरीले गम्भीर घाइते संजा देवीलाई उपचारको लागि भवानी अस्पताल वीरगञ्ज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य ६ जनालाई उपचारको लागि एनएमसि वीरगञ्ज पठाइएको र अवस्था सामान्य रहेको छ ।

    झै-झगडा तथा कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २३ वर्षीय ओम प्रकाश गुप्ता समेत ४ जना र प्रहरी माथि हातपात गर्ने १ जना गरी ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology