Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तमू एकता दिवस : सरकारले पर्वहरूमा गरेको बिदा कटौतीप्रति आदिवासी जनजातिको आपत्ति

तमू एकता दिवस : सरकारले पर्वहरूमा गरेको बिदा कटौतीप्रति आदिवासी जनजातिको आपत्ति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • १८:०६:२१ बजे
  • 1.5K
    SHARES
  • तमू एकता दिवस : सरकारले पर्वहरूमा गरेको बिदा कटौतीप्रति आदिवासी जनजातिको आपत्ति

    पोखरा -सरकारले आदिवासी जनजातिहरूले मनाउने पर्वको विदा कटौतीप्रति आदिवासी जनजातिले आपत्ति जनाएका छन् ।मित्रनगरस्थित तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा १३औं तमू एकता दिवसको अवसरमा आदिवासी जनजातिले आयोजना गरेको नेपालमा चाडपर्वहरू : सार्वजनिक बिदा र समानताको प्रश्न विषयक कार्यक्रममा उनीहरूले आपत्ति जनाएका हुन् ।

    images

    गत चैत्र ९ गते सरकारद्वारा प्रकाशित राजपत्रमा केही चाडपर्वको बिदा कटौती गरिएको थियो ।

    कार्यक्रममा बोल्दै बृहत नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेले आदिवासी जनजातिको पर्वमाथि प्रतिगमन भएको भन्दै सरकारको निर्णको विरोध गरे ।

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने जनजातिको पहिचानमा सरकारले खेलबाड गरेको तर्क गरे । शर्माले भने, चाडपर्वमाथि सरकारले प्रहार गर्दै आदिवासी जनजातिको पहिचानमा खेलबाड गर्यो, कांग्रेसले त्यो सार्वजनिक बिदाको पुनःस्थापना गर्छ ।

    माओवादी केन्द्रका नेता सुरेश आलेमगरले विदा कटौती गर्नु उचित नभएको भन्दै सरकारको निर्णयको भर्त्सनासमेत गरे । जनता समाजवादी पार्टीका नेता डम्बर खतिवडाले भने, हाम्रो पार्टीको त मुद्दा नै यही हो, आदिवासीको चाडपर्वको सार्वजनिक बिदा दिइनुपर्छ ।

    नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले आदिवासी जनतातिको चाडपर्व मासेर युद्ध निम्त्याउन लागेको भन्दै सरकारलाई चेतावीसमेत दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology