Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

घर भाडामा लिएर वेश्यावृत्ति गराउने दुई महिला पक्राउ,आठ युवतीको उद्धार,

घर भाडामा लिएर वेश्यावृत्ति गराउने दुई महिला पक्राउ,आठ युवतीको उद्धार,

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • १९:१८:१२ बजे
  • 1.9K
    SHARES
  • घर भाडामा लिएर वेश्यावृत्ति गराउने दुई महिला पक्राउ,आठ युवतीको उद्धार,

    झापा दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका ४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् ।

    images

    उनीहरुलाई दमक नगरपालिका ६ स्थित नयाँ सब्जीमण्डीमा घर भाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका युवतीको समेत प्रहरीले उद्धार गरेको छ। उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

    दुई महिलालाई यही चैत १५ गते प्रहरी पक्राउ गरेको थियो। पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

  • सम्बन्धित विषय:

  • # वेश्यावृत्ति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology