बागलुङ - बागलुङ बडिगाड गाउँपालिका २ स्थित दरमखोलामा माछा मार्ने बम पड्केर दुई जना घाइते भएका छन् । माछा मार्न गएका स्थानीय ४६ वर्षीय चित्रबहादुर राना र ३५ वर्षीय अरुणबहादुर पुन घाइते भएका हुन् ।
बम पड्काउने तरिका नमिल्दा बिहीबार दिउँसो उनीहरु आफै घाइते भएको बडिगाड २ खरवाङमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश गिरीले बताए । ‘गम्भीर घाइते भएकोले प्राथमिक उपचारपछि पाल्पा पठाइएको छ, गिरीले भने, खोलामा बम पड्काएर माछा मार्ने उद्देश्यले ५ जना गएका रहेछन्, दुई जना घाइते भएका हुन् ।
घाइते नभएका युवाले तत्काल खबर गरेपछि स्थानीय र प्रहरी मिलेर उनीहरुको उद्धार गरेका थिए । प्रशासनले भने खोला तथा नदीमा बम पड्काउने, विष हाल्ने जस्ता कामबाट माछा मार्न प्रतिबन्ध लगाएको छ ।