डडेल्धुरा । डडेल्धुरामा रुखमा घाँस काटदै गर्दा रुखमा छोएको विद्युतको तारबाट करेन्ट करेन्ट लागेर एक युवतीको ज्यान गएको छ ।अजयमेरु गाउँपालिका–१ समैजी महर गाउँकी २३ वर्षीय युवती धना बोहराको ज्यान गएको हो ।
रुखमा छोएको तार नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापन नगर्दा दुर्घटना भएको युवतीका आफन्तहरुको भनाइ छ । बिहिबार दिउँसो पौने १ बजेको घटना घटेको मृतकका दाजु बीरबहादुर बोहराले बताए ।
तारको उचित व्यवस्थापनका लागि विद्युत वितरण केन्द्र डडेल्धुरालाई बारम्बार खबर गर्दा समेत कुनै सुनुवाइ नै नभएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।