Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँबाट पोखरातर्फ आउँदै गर्दा पावरहाउसबाट लागूऔषधसहित समातिए युवा

तनहुँबाट पोखरातर्फ आउँदै गर्दा पावरहाउसबाट लागूऔषधसहित समातिए युवा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २०, २०७७ शुक्रवार • ०९:४१:५१ बजे
  • 2.6K
    SHARES
  • तनहुँबाट पोखरातर्फ आउँदै गर्दा पावरहाउसबाट लागूऔषधसहित समातिए युवा

    पोखरा - पोखरा लेखनाथ पावरहाउसबाट लागूऔषधसहित एक युवा पक्राउ परेका छन । रुपन्देही कोटीहमाई -५ मजगाँवाका २१ वर्षीय विजय चौहान भनिने विज्रेस लोनिया बुधबार ठुलो मात्रामा लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले बताए ।

    images

    केसीका अनुसार तनहुँबाट पोखरातर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा -३० पावर हाउसबाट वडा प्रहरी कार्यालय गगन गौडाबाट खटिएको प्रहरी टोलीले लोनियालाई दुई सय ९६ थान एम्पुलसहित पक्राउ गरेको हो ।

    लोनियाको साथबाट डाइजापान एक सय एम्पुल, फेनेरागन ९७ एम्पुल, नुर्फिन ९९ एम्पुल र एक थान मोबाइल बरामद गरिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

    लोनियालाई लागूऔषध मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology