Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बेनी जोमसोम सडकखण्डमा काम गर्ने मजदुरको मिक्चरमा बेरिएर मृत्यु

बेनी जोमसोम सडकखण्डमा काम गर्ने मजदुरको मिक्चरमा बेरिएर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २०, २०७७ शुक्रवार • १३:५७:५९ बजे
  • 4.7K
    SHARES
  • बेनी जोमसोम सडकखण्डमा काम गर्ने मजदुरको मिक्चरमा बेरिएर मृत्यु

    मुस्ताङ । बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको मिक्चरमा बेरिएर मृत्यु भएको छ ।

    images

    करिडोरअन्र्तगत सप्तकोशी जलाधार कन्ट्रक्सनले ठेक्का लिएको घरपझोङ गापा -२ र ३ को मार्फा र स्याङको सडकमा सडक वालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गापा-४ बस्ने २० वर्षीय लालबहादुर रोक्का (सुन्दर रोक्का) को मिक्चरमा बेरिएर घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ ।

    घटनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीसहितको घटना स्थलमा पुगेर विवरण संकलन गरी पोस्ट मार्टमका लागि जिल्ला अस्पताल जोमसोममा लगिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology