पोखरा - पोखरा ६ बुलौदी बुलेट बाइक दुर्घटना हुदा एक युवती घाइते भएकी छन ।
ग १६ प ८९९५ नं को बुलेट मोसा आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोसा पछाडी सवार जिल्ला म्याग्दी अन्नपुर्ण गापा ४ घर भई हाल जिल्ला कास्की पोखरा ११ फुलबारी बस्ने वर्ष २१ कि मञ्जना पुन घाइते भएकी हुन । उनको फिष्टेल अस्पताल पोखरामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
मोसा चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।