Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

होली मेलाका दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न ८ जना सार्वजनिक

होली मेलाका दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न ८ जना सार्वजनिक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २०, २०७७ शुक्रवार • १८:४५:३० बजे
  • 1.7K
    SHARES
  • होली मेलाका दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न ८ जना सार्वजनिक

    पोखरा । बागलुङ, गुल्मी र प्युठानको सीमानामा पर्ने दर्लिङ बल्देधुरीमा होली मेलाका क्रममा दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ ।

    images

    घटनामा संलग्न आरोपमा बडिगाड गाउँपालिका १० दर्लिङका २८ वर्षीय रेशम बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर, ४६ वर्षीय ढालबहादुर बुढामगर, तीर्थलाल बुढा र ३३ वर्षीय झनबहादुर बुढामगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

    बागलुङ, गुल्मी र प्युठानको सीमानामा पर्ने दर्लिङ बल्देधुरीमा फागु पूर्णिमाको दिन बर्षेनि लाग्ने मेलामा दुई गाउँका युवाबीच झडप भएको थियो । युवतीलाई जबर्जस्ती रङ दलेको विषयमा सुरु भएको झडपमा २ जनाले ज्यान गुमाउनु परेको थियो । घटनामा मृत्यु हुनेमा बागलुङकै निसी खोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइले ज्यान गुमाएका थिए ।

    आरोपीहरु केही बागलुङको दर्लिङ, बुर्तिबाङ लगायतका ठाउँबाट पक्राउ गरिएको हो, एसपी मगरले भने, पक्राउ परेकामध्ये २ जना आफैं जिल्ला प्रशासन कार्यालयमा आएर आत्मसमपर्ण गरेका हुन् ।

    दर्लिङकै २३ वर्षीय मिलन बुढा र २४ वर्षीय भेषराज बुढा गुल्मीको मदाने गाउँपालिकाबाट पक्राउ परेको एसपी मगरले जानकारी दिए । घटनामा संलग्न आरोपमा २३ वर्षीय कुमार छन्त्याल बुटवलबाट पक्राउ परेका हुन् ।

    गाउँमा घटनापछि रुपन्देशी फरार भएका छन्त्याललाई बुटवलबाट पक्राउ गरिएको हो, उनले भने, पक्राउ परेकाहरुविरुद्ध कर्तव्यज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # होली मेलामा झडप
  • # होली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology