Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेनीमा परम्परागत रुपमा देखाउँदै आएको ‘बर्खेनाच’ देखाउन शुरु

बेनीमा परम्परागत रुपमा देखाउँदै आएको ‘बर्खेनाच’ देखाउन शुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • १०:३३:३९ बजे
  • 4.3K
    SHARES
  • बेनीमा परम्परागत रुपमा देखाउँदै आएको ‘बर्खेनाच’ देखाउन शुरु
    म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको ‘बर्खेनाच’ देखाउन शुरु गरिएको छ ।प्राचीन समयमा समाजमा खलपात्रको रुपमा चिनिएको घण्टाकर्ण राक्षसको कालीगण्डकीमा विसर्जन गर्दै म्याग्दी सदरमुकाम बेनीमा बर्खेनाच सुरु गरिएको हो ।
    कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी विगतमा जस्तो भिडभाड नगरी सुरक्षित तवरले एक महिने बर्खे नाच सुरु गरिएको ल्यामपुचःका अध्यक्ष सुविन श्रेष्ठले बताए।नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तीजको दिनसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ ।आइतबारसाँझ बेनीको संगमचोकमा राखिएको तीनखुट्टे राक्षसको प्रतीकात्मक आकृतिलाई बजार परिक्रमा गराई कालीगण्डकीमा लगेर विर्सजन गरिएपछि बर्खे नाच सुरु भएको हो। घण्टाकर्णको बिसर्जनपछि पति वियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाचमार्फत प्रदर्शन गर्ने चलन रहेको श्रेष्ठले बताए।

    बर्खेनाच अन्तर्गत जनैपूणिमाको दिन र भोलिपल्ट वर्षभरीमा दिवंगत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात नागानागीनी नाच निकाल्ने चलनसमेत रहेको छ । बेनी बजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाइन्छ ।

    ऐतिहासिक महत्व बोकेको बर्खेनाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । केही समय अगाडि बर्खेनाचको लागि युवा कलाकारलाई तालीमसमेत दिइएको थियो ।
    घण्टाकर्ण पर्वको दिनदेखि सुरु हुने बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ ।

    बर्खेनाच अन्तर्गत तीजको दिनमा दानवीयस्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच सकिने प्रचलन रहेको नेपाल भाषा मंका खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # बर्खेनाच
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology