सुर्खेत - सुर्खेतको पञ्चपुरी नगरपालिका-६ बाबियाचौरमा दुई जना दिदिबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । १४ र १५ वर्षीय दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
घर्तीकाअनुसार शुक्रबार बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका उनीहरूलाई त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया बालिका कक्षा ८ मा पढ्दै आएका छन् । उनीहरू दुवै जना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।
दुईजना बालिकाहरू आफ्नो सानीआमा कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्घ र्तीले भने, बिहान घाँस काट्न भनेर जंगल गएका उनीहरूलाई झुण्डिएको अवस्थामा स्थानीयहरूले देखेका रहेछन् । स्थानीयले दुई बालिकालाई झुण्डिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमको लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए ।