पोखरा - मुस्ताङमा एक बेवारिसे युवाको उपचारको क्रममा मृत्यु भएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ कागबेनीमा शुक्रबार बेवारिसे भेटिएका युवाको उपचारका क्रममा जिल्ला अस्पताल जोमसोममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
नामथर र ठेगाना नखुलेको अन्दाजी २० वर्ष उमेरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशीष अधिकारीका अनुसार बेवारिसे युवकको शव अस्पतालको मुर्दाघरमा राखिएको र मृतकको नामथर र ठेगाना पत्ता लगाउन हुलिया परिपत्र प्रदेशमा पत्राचार गरिएको बताए।
मृत भेटिएका युवा मुस्ताङमा घुम्न हो वा मजदुरी गर्ने प्रयोजनमा आएका हुन् भन्ने समेत स्पष्ट हुन सकेको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।