Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उमेर नपुगेकी किशोरीसँग विवाह गर्ने युवकसहित चारजना पक्राउ

उमेर नपुगेकी किशोरीसँग विवाह गर्ने युवकसहित चारजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७७ सोमवार • १०:४५:३३ बजे
  • 2.0K
    SHARES
  • उमेर नपुगेकी किशोरीसँग विवाह गर्ने युवकसहित चारजना पक्राउ
    स्याङ्जामा उमेर नपुगेकी किशोरीसँग विवाह गर्ने युवकसहित चारजना पक्राउ परेका छन्। विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

    आँधीखोला गाउँपालिका-१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले जिल्लाकै १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले बेहुलासहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

    गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको भनी आँधीखोला गाउँपालिकाका–३ बस्ने केशवराज पौडेलले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा बेहुला तिवारीसहित बुबा, आमासहित चार जना छन्। उनीहरुलाई प्रहरीले असार ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।पक्राउ परेका चार जनालाई विवाहसम्बन्धी कसुरअन्तर्गत ‘बाल विवाह’ मुद्दा दर्ता गरिएको छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology