Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाँकेको नरैनापुरमा आगलागी ५० भन्दा बढी घर जलेर नष्ट

बाँकेको नरैनापुरमा आगलागी ५० भन्दा बढी घर जलेर नष्ट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २१, २०७७ शनिवार • १८:५४:१८ बजे
  • 931
    SHARES
  • बाँकेको नरैनापुरमा आगलागी ५० भन्दा बढी घर जलेर नष्ट

    नेपालगन्ज - बाँकेको नरैनापुरमा आगलागी हुदाँ ५० भन्दा बढी घर जलेर नष्ट भएको छ। नरैनापुर गाउँपालिका ४, खोदवा गाउँमा आगलागी हुँदा ५० भन्दा बढी घर जलेका हुन ।

    images

    स्थानीयवासी विनय दीक्षितका अनुसार गाउँका आधाभन्दा बढी घरमा क्षति पुगेको छ। आगो अझै पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन। आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए।

    आगोमा जलेर केही मानिस घाइतेसमेत भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। बाँकेको नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ। यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक पटक आगलागी भइसकेको छ।

     

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology