Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इन्धनको मूल्य फेरि बढ्यो

इन्धनको मूल्य फेरि बढ्यो : अब पेट्रोल प्रतिलिटर १२० भने डिजेल र मट्टीतेल १०२ रुपैयाँ

इन्धनको मूल्य फेरि बढ्यो : अब पेट्रोल प्रतिलिटर १२० भने डिजेल र मट्टीतेल १०२ रुपैयाँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २२, २०७७ आइतवार • २३:५४:१३ बजे
  • 2.2K
    SHARES
  • इन्धनको मूल्य फेरि बढ्यो : अब पेट्रोल प्रतिलिटर १२० भने डिजेल र मट्टीतेल १०२ रुपैयाँ

    पोखरा - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार निगमले पेट्रेल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो । 

    images

    अब पेट्रोल प्रतिलिटर १२० पर्नेछ भने डिजेल र मट्टीतेल १०२ रुपैयाँमा पाइनेछ । यसअघि चैत ३ गते मूल्य बढाएको निगमले चैत महिनामा फेरि मूल्य बढाएको हो । 

    निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) ले १ अप्रिल २०२१ मा पठाएको मूल्य अनुसार अहिले नेपालमा समायोजन गरिएको हो । 

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए पनि नोक्सानी बढेको निगमले जनाएको छ । निगमले बढाएको मूल्य आइतबार राति १२ बजेबाट लागू हुनेछ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाए पनि हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत राखेको छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology