Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोरखाको बारपाक घुम्न गएका शिक्षक चढेको जीप दुर्घटना,लमजुङका दुई शिक्षकको मृत्यु

गोरखाको बारपाक घुम्न गएका शिक्षक चढेको जीप दुर्घटना,लमजुङका दुई शिक्षकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • ०६:१९:४० बजे
  • 1.9K
    SHARES
  • गोरखाको बारपाक घुम्न गएका शिक्षक चढेको जीप दुर्घटना,लमजुङका दुई शिक्षकको मृत्यु

    गोरखा - गोरखाको बारपाक घुम्न गएका शिक्षक चढेको जीप दुर्घटना हुँदा दुई शिक्षकको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

    images

    ना ५ च ३२९८ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई जना शिक्षक प्रधानाध्यापक रामेश्वर न्यौपाने र शिक्षक ठाकुर दवाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएस्पी प्रकाश दाहालले जानकारी दिए ।

    दुर्घटनामा गम्भिर घाइते उनीहरुलाई थप उपचारका लागि गोरखा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    घाइते हुनेमा गाउँपालिका प्रमुख सुशिल नराल छन् । यस्तै विद्यालयकै अन्य ७जना शिक्षक घाइते छन् । साँघुरो बाटोमा ब्रेक नलागेपछि भित्तामा ठोक्काउने क्रममा जीप पल्टिएर भीरबाट खसेको थियो । झण्डै डेढ सय मीटर तल दरौँदी नदीमा खसेको जीपबाट गएराती उद्धार गरेर शिक्षकहरुलाई अस्पताल लगिएको थियो । घाइतेमध्ये दुई जना शिक्षकलाई पोखरा र एक जनालाई भरतपुर पठाइएको छ । उनीहरुको अधिंकाश टाउकोमा चोट लागेको छ ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology