पोखरा - पोखराको पृथ्वीचोकबाट अवैध लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।
आइतबार अन्दाजी ३: ३० बजेको समयमा पोखरा महानगरपालिका -९ पृथ्वीचोकमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा बारा जिल्ला कलैया -५ घर भएका २० वर्षीय गोविन्द शाह र सोही ठेगाना भइ वडा नं -११ बस्ने वर्ष २० कै मनु गिरीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट अवैध लागु औषध नाईट्रोभ्याट ४७ एम्पुल वरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।