Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोली हानाहान

नेपाल भारत सीमा नाकामा भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान

नेपाल भारत सीमा नाकामा भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २४, २०७७ मंगलवार • ०७:५९:१२ बजे
  • 1.6K
    SHARES
  • नेपाल भारत सीमा नाकामा भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान

    धनगढी । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

    images

    इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

    सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए । ‘भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो’, प्रहरी निरीक्षक थापाले भने, बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो ।

    उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ ।

    घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # गोली प्रहार
  • # गोली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology